वाइन लिएर उन्मुक्त सूर्यकुमारी, के एमाले छाडेकी हुन् ?
पाेखरा | असोज २४, २०७९
पोखराः पछिल्लो समय कलाकारिताबाट फुर्सद पाएपछि करिश्मा मानन्धर अर्थात् सूर्यकुमारी अभिनेत्रीबाट नेतृ भइन् ।
मानन्धरलाई नेकपा एमालेले स्वागत ग¥यो, त्यसपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रममा देखिइन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशमा हुने चुनावको टिकट बाँडफाँडपछि उनले हातमा वाइनको गिलास लिएर उन्मुक्त हुँदै अर्थपूर्ण स्टाटस पोस्टिएकी छिन् ।
स्टाटसको आशय यही हो भनेर ठोकुवा गर्न नसकिए पनि पार्टीबाट उनले समानुपातिकमा अपेक्षा गरेको हुनसक्ने आशय निस्कन्छ । उनको स्टाटसमा ‘एमाले कम्पनीभित्र गएपछि श्वास फेर्नपनि मुस्किल हुने’जस्ता कमेन्ट गरिएको छ ।
त्यस्तै, धेरै कमेन्टमा उनलाई स्वतन्त्र हुन पनि सुझाइएको छ । यही क्रममा उनको स्टाटसलाई टिकट नपाएपछिको रोषसमेत भनिएको छ ।
यद्यपि, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ लाइनलाई अब एमाले छाडेर बाहिर निस्कन लागेको भन्ने अर्थ लगाउन सकिन्छ ।
लोकगायिकाको छवि बनाएकी कोमल ओलीलाई एमालेले पार्टीमा भित्र्याएपछि दिएको अवसर देखेर उस्तै अवसर पाउने विश्वासमा त्यतै लागेकी मानन्धर अहिले तस्बिर र स्टाटसमा देखिएजस्तै उन्मुक्त छिन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

